• Breaking News

    11.12.2014

    महिलालाई नांगै पारी गधामा परेड

    नयाँदिल्ली । भारतको उत्तरी राज्य राजस्थानको एक गाउँमा महिलालाई नांगै पारी गधामाथि चढाएर परेड गराइएको छ ।
    उनको परिवारले भतिजाको हत्या गरेको आरोपमा गाउँ परिषद्को आदेशमा उनलाई यस्तोसजाय दिइएको हो । स्थानीयले उनको मुखमा कालोमोसो दलेर गाउँ परिक्रमा गराएका थिए ।
    घटनामा संलग्न ३९ जनालाई पक्राउ गरिएको छ । गाउँ परिषद्को रुपमा काम गर्ने पञ्चायतको कुनै कानुनी हैसीयत छैन । तथापी यसलाई गाउँलेहरुले सम्मानकासाथ पालना गर्छन् ।
    प्रहरीका अनुसार एक ४५ वर्षीय पुरुष भर्दी सिंहले आत्महत्या गरेका थिए । त्यसपछि उनका आफन्तले अन्तिम संस्कार र काजकिरीया गरेका थिए ।
    तर, तीन दिनपछि मृतककी पत्नी र केही आफन्त प्रहरीसमक्ष पुगी सिंहलाई उनकै काकीले हत्या गरेको आरोप लगाएका थिए । आजको राजधानीमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र