• Breaking News

    11.12.2014

    नियमविपरित घर बनाएको भन्दै कांग्रेस नेता भट्टराईको घर भत्काउन निर्देशन

    काठमाडौं,कात्तिक २७ – महानगरपालिकाले नियम विपरीत धर बनाएको बताउँदै कांग्रेस नेता एवं सभासद मनमोहन भट्टराईको पाँचतल्ले घर भत्काउन निर्देशन दिएको छ ।
    महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठको इजलासले भट्टराईको घर भत्काई १० हजार रुपैयाँ  जरिवाना असुल गर्न निर्देशन समेत दिएको छ ।
    सँधियार साकार श्रेष्ठले मापदण्ड विपरीत निर्माण गरेको संरचना भत्काई गैर कानुनी रुपमा राखेको झ्याल भत्काइ पाउँ भन्ने उजुरीमाथि छानविन गरी महानगरले गत भदौ २४ मा फैसला गरेको हो।
    ‘उहाँको घरको नक्सासमेत पास भएको छैन,’ महानगरपालिकाका कानून अधिकृत वसन्त आचार्यले भने, ‘जरिवाना तिरेर नक्सा पास गर्न सकिन्छ तर मापदण्ड विपरीतका संरचना चाहिँ भत्काउनै पर्नेहुन्छ ।’
    काठमाडौं,कात्तिक २७ – भट्टराईले चार तलासम्म निर्माण गर्न नक्का पास अनुमति माग गरे पनि सो नै स्वीकृति नगराई पाँच तले घर निर्माण गरेको महानगरपालिकाको फैसलापत्रमा उल्लेख छ ।
    ‘डीपीसीसम्मको मात्र नक्सा स्वीकृत गराएको र वादी सँधियार श्रेष्ठले दाबी गरेसम्मको भाग भत्काएर मात्र नक्सा पास गराउन समेत सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र