बिवाह भन्ने कुरा लेखेको हुन्छ देखेको हुन्न भन्ने कुरा कहिले कहिँ सहि हो जस्तो पनि लाग्छ |उमेरले डाँडो काट्दा नि विवाहको रहर जाग्नुले पनि यो सत्य हो भन्ने पुष्टि गर्दछ |बलिउड अभिनेत्री जिनत अहिले उमेरले ६३ बर्षकी भएकी छन तर उनको बिवाह गर्ने इच्छा भने मरेको छैन |
छोराहरु बढेर ठुला भैसके नाती नातिना खेलाउने बेलामा उनले यस्तो रहर किन गरेकी होलान तर उनको यसबारे छुट्टै धारणा छ ,उनले भनिन -‘हो म विवाह गर्न चाहन्छु,किनकि अहिले मेरा दुबै छोरा ठूला भएर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन्’ मैले अब मेरा छोराको बारेमा चिन्ता लिनुपर्ने बेला छैन त्यसैले मैले आफ्नै बारेमा सोच्न थालेकी हुँ |जीनतले सन् १९८५ मा अभिनेता मजहर खानसँग विवाह गरेकी थिईन् । सन् १९९८ मा खानको निधन भएको थियो ।
श्रीमानको निधन पछि ति दुइ छोराको स्याहार- सुसारमा लागेकी उनि अब एक्लो जीवनको महशुश गर्न थालिन र अर्को बिवाह गर्ने रहर जागेर आयो |पछिल्लो समय आफुले भने जस्तो भूमिका नपाएको भन्दै सिनेमामा पनि सक्रिय छैनन् | ‘हरे राम हरे कृष्ण’, ‘यादों की बारात’, ‘डन’, ‘कुर्वानी’, ‘लावारिस’, ‘दोस्ताना’ जस्ता सिनेमाले उनलाई अभिनेत्रीको परिचय दिलाएको थियो |
No comments:
Post a Comment