चिसाको काकेही, ६७, को मृत्युपछिको हकवालाको रुपमा बैंकमा इन्स्योरेन्स रकमको रुपमा आफ्ना पूर्व सात श्रीमानको ६ अर्ब ७४ करोड नेपाली रुपैयाँ रहेको जनाइएको छ ।
चिसाकोका चौथो नम्बरका श्रीमान इसाओ काकेही गत वर्षको डिसेम्बरमा अचानक बिरामी परे र उनलाई हस्पिटलमा तत्काल मृत घोषणा गरियो । विवाह गरेको दुई महिनामा नै उनको मृत्यु भएको हो । काकेहीको विषाक्त साइनाइडका कारण मृत्यु भएको पोष्ट मार्टम रिपोर्टले बताएको छ ।
त्यसपछि भएको सेप्टेम्बरको घटना पनि त्यस्तै प्रकारको रहेको छ । यो घटनामा पनि उनका ७५ वर्षका प्रेमी रेष्टुरेन्टमा खाना खाने क्रममा अचानक बिरामी परे । उनलाई रेष्टुरेन्टमा खाना खाँदा चिसाकोले पनि साथ दिएकी थिइन्, जीजी प्रेसलाई उद्धत गर्दै डेली मेलले बतायो ।
काकेहीको यो मृत्युको शिलशिला सन् १९९४ देखि सुरु भएको हो जब उनका पहिलो श्रीमानको ५४ वर्षको उमेरमा मृत्यु भएको थियो ।
सन् २००६ मा डेटिङ एजेन्सीमार्फत भेटिएका उनका दोस्रो श्रीमानको ६९ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो जबकी उनका तेस्रो श्रीमानसँगको सम्बन्ध सन् २००८ मा उनको मृत्युपश्चात तोडिएको थियो ।
क्यान्सर पिडित उनका एक प्रेमीको त्यसको एक वर्ष पछि मृत्यु भएको बताइएको छ भने सन् २०१२ मा उनका हुन लागेका श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनको शरिरमा पनि साइनाइड पाइएको मिडियाले बताएको छ ।
काकेहीलाई पुलिसले उनका पछिल्ला श्रीमानको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । यद्यपी उनले यसमा आफ्नो संलग्नता नरहेको जनाएकी छिन् ।
‘हामीहरुलाई शंका छ उनले पैसाका लागि उनको श्रीमानको हत्या गरेकी छिन्,’ पुलिसले पछिल्लो घटनाको बारेमा जानकारी दिँदै भन्यो ।
‘आफूमाथि पटक–पटक यस्तो घटना हुनुमा आफ्नो भाग्य नै दोषी रहेको छ,’ जिजी प्रेसलाई उद्धत गर्दै डेली मेलले बतायो । आफ्ना श्रीमानहरुको मृत्युमा आफूले विषको प्रयोग गरेको भन्ने विषयमा उनले व्यापक विरोध जनाइन् । (एजेन्सी)
No comments:
Post a Comment