• Breaking News

    11.25.2014

    सहमतिको आधारमा सविधान निर्माण गर्न मोदीको सुझाव

    ९ मङ्सिर, काठमाडौं ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान बनाउने क्रममा बहुमतको बलमा काम नगर्न सुझाव दिएका छन् । बहुमतको बलमा बनेको संविधानले काम नलाग्ने भन्दै उनले सहमतिको आधारमा मात्र संविधान बनाउन सुझाव दिएका हुन् ।

    भारतीय सहयोगमा बनेको ट्रामा सेन्टर हस्तान्तरण गर्ने क्रममा बोल्दै मोदीले एमाओवादीले माग गर्दै आएको कुरालाई खुला समर्थन गरेका हुन् ।

    नेपालमा विपक्षी दलहरुले सहमतिको आधारमा मात्र संविधान बनाउनु पर्ने अडान लिएका छन् तर कांग्रेस एमालेले भने प्रक्रिया अर्थात बहुमतकै आधारमा भएपनि संविधान बनाउने अडानमा छन् ।

    मोदीले विवादित विषयमा बोलेपछि नेपाली राजनीतिमा पनि उनको बोलीले तरंग ल्याउने निश्चित छ ।  मोदीले नेपाली नेताहरुलाई मिलेर संविधान बनाउन र छिटो बनाउन सुझाव दिएका छन् ।
    मोदीले आफू जनकपुर र लुम्बिनी जान नसकेकोमा क्षमा याचना समेत गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र