• Breaking News

    10.30.2014

    देउसी खेल्न गएका युवकको शव बोरामा भेटियो

    नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ ।भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका गोरखा नगरपालिका–२ का १८ वर्षीय वीरबहादुर रम्तेलको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको चोट छ ।“बेहोस अवस्थामा प्रहरीले रम्तेललाई बिहान सवा ६ बजे फेला पारेको हो”–प्रहरी नायब उपरीक्षक रमेश थापाल भने–“एम्बुलेन्समा राखेर उपचारका लागि गोरखा जिल्ला अस्पतालमा लगेका हौँ ।”
    उपचारका क्रममा रम्तेलको मृत्यु भएको गोरखा जिल्ला अस्पतालले जनाएको छ ।

    शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । रम्तेल सदरमुकाममा पेन्टिङ काम गर्थे ।के कारणले यस्तो दुर्घटना बह्यो भन्ने बिषयमा अनुसन्धान पनि थालिएको प्रहरीले जनाएको छ |

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र