यो अभियानमा केन्द्रीय नेता खुमबहादुर खड्का सहित, हरिबोल भट्टराई, चिरञ्जीवि वाग्ले लगायतका नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरुले बिहीबारको कार्यक्रममा बोल्दै हतियार उठाउनेसम्मको चेतावनी दिएका छन् । साथै उनीहरुको आन्दोलनले प्रधानमन्त्रीको कुर्सी समेत हल्लिने दाबी गरेका छन् । जसरी पनि नेपाललाई हिन्दू राष्ट्र कायम गराउने कुरामा उनीहरुले ऐक्यवद्धता व्यक्त गरेका छन् ।
कोको छन् त यो अभियानमा ?
नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा खुमबहादुर खड्का, हरिबोल भट्टराई, चिरञ्जीवि वाग्ले, पुष्पा भूसाल, दिपकुमार उपाध्याय रहेका छन् यसैगरी तारानाथ रानाभाट, पूर्वमन्त्रीहरु डा. रामचन्द्र अधिकारी, पूर्णकुमार शेर्मा, केशव थापा, मार्सल जुलुम शाक्य, दुर्योधनसिंह चौधरी, हस्तबहादुर मल्ल, शिवराज योगी, झलकनाथ वाग्ले, सुरेन्द्र हमाल, प्रकाश कोइराला, सावित्री बोगटी, ओमकार श्रेष्ठ लगायतका रहेका छन् । यसैगरी पूर्वसांसदहरु शंकर पाण्डे, रामबहादुर विष्ट, अकलबहादुर विष्ट, तिलक न्यौपाने, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह छन् ।
यस्तै वर्तमान सभासदहरु सुशीला चौधरी, पार्वती डीसी चौधरी, राजिवविक्रम शाही, सुवर्ण ज्वारचन, पत्रकार देवप्रकाश त्रिपाठी, विश्व हिन्दू महासंघका पूर्वअध्यक्ष दामोदर गौतम, ट्रेड युनियन कांग्रेसका खिलनाथ दाहाल, नेविसंघका संस्थापक महामन्त्री डा. टिका पोखरेल लगायतका नेताहरु नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा लागेका छन् ।
No comments:
Post a Comment