• Breaking News

    10.04.2014

    आमाछोरीले फुटबल मैदानमा लिंग बनाएपछि…

    २०७१ असोज १९ गते
    फुटबल मैदानमा भिमकाय लिंगमा आगो लगाएको आरोपमा तिनजना आमा र छोरी पक्राउ परेका छन् ।
    अमेरिकाको मिचिगनका ती आमाछोरीले बेडफोर्ड हाइस्कुलको फुटबल मैदानमा गत महिना मैदानको घाँस जलाएर भिमकाय लिंग बनाएका थिए ।
    मैदानको घाँस नष्ट गरी लिंगको आकृति बनाउनका लागि उनीहरुले झार पार्ने रसायनको प्रयोग गरेका थिए ।
    यस्तो काम गर्ने आमा ५० वर्षकी छिन् भने छोरीहरु १६ र १७ वर्षका छन् । दुबैजनाको नाम खुलाइएको छैन ।
    उनीहरु विरुद्ध हुलदंगाका साथै विद्यालयको सम्पत्ति नष्ट गरेको र गतिविधिमा अवरोध गरेको आरोप लागेको छ ।
    फुटबल मैदानमा तयार गरिएको अश्लील आकृति मेटाएर सामान्य अवस्थामा पूराउनका लागि धेरै समय लाग्ने अभियोजक ले हवार्डले बताइन् ।
    उनीहरुलाई अदालतले धरौटीमा छाडेको छ । आमाछोरीका वकिलले त्यस्तो कार्यमा उनीहरुको संलग्नता नरहेको दाबी गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र