• Breaking News

    10.04.2014

    चिनद्वारा अमेरीका र युरोपमा सहजै मार हान्न सक्ने परमाणु मिसाईलको सफल परिक्षण

    बिस्वको प्रथम अर्थतन्त्र बन्नको लागी २०२२ सम्मको महत्वाकाँक्षी योजना सहित अगाडी बढेको चिन साथ साथ उसको राष्ट्रियता र अखण्डता माथी खतराको रुपम रहेका पस्चिमा राष्ट्रहरुसंग सैन्य शक्ती सन्तुलनको लागी सैन्य क्षमता बिकासमा पनि ब्यस्त छ । त्यसै सिलसिलामा अब चिनले अमेरिका र यूरोपका मुख्य सहरहरुलाई सहजै निसाना बनाउन सक्ने परमाणु मिसाईलको सफल परिक्षण गरेको छ । उक्त मिसाईलले 10,000 किलोमीटर सम्म सहजै निसाना तय गर्न सक्ने चिनीयाँ दावी छ । साथै परमाणु हतियारले बोक्न पनि सक्षम सक्षम भएको बताईएको छ । हङकङको साउथ चाइना मॉर्निंग पोस्ट काअनुसार, चीनले डोंगफेंग-31बी नामक यस मिसाइलको परीक्षण अाफ्नो राष्ट्रीय दिवस एक अक्टूबर भन्दा केही दिन पहला 25 सितंबर को गरेको थियो ।
    यो अघिल्लो शक्तीसाली मिसाईल डीएफ 31ए को उन्नत संस्करण है ।तीन महीने भित्र पीपुल्स लिबरेशन आर्मी (पीएलए) को तर्फबाट यो मिसाइल तेस्रो परिक्षण हो । पीएलए का पुर्ब मेजर जनरल शू गुआंगयू का अनुसार यसकै आधारमा चीन अफ्नो फौजी तागत बढ़ाउने कोशिस मा छ ।
    उनले भने चीनलाई यस्ता हथियारको अत्यन्तै जरूरत छ । किनकी अमेरिकाले एशिया-प्रसान्त क्षेत्र मा आफ्नो फौजी उपस्थीती बढाउदैछ र त्यसबाट तिनको अखण्डता , राष्ट्रियताको सुरक्षा चुनौती थपीएको छ । डोंगफेंग ३१बी परिक्षण बारे पहिले चीनको सरकारी समाचार एजेन्सीहरुले यो प्रचार गरेका थिए की चीन 12,000 किलोमीटर सम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्दैछ जुन अमेरीकाको कुनै पनि कुनामा मार हान्न सक्षम हुनेछ तर हङकङको साउथ चाईना मोर्नीङले भने १०००० किमी क्षमता भएको उल्लेख गरेको छ ।
    चिनको यो सैन्य परिक्षण सगै चिन बिस्व शक्तीसन्तुलनमा लक्षम बलियो शक्ती भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र