• Breaking News

    10.25.2014

    प्रेममा परेर एउटै पासोमा झुण्डिए काका–भतिजी

    सोलुखुम्बु । सोलुखुम्बुको वाकु–४ स्थित सिबुचे जंगलमा एक युगल जोडीले पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
    वाकु–३ का गोकल राई र सविता राईले सुसाइड नोट लेखि एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
    उनीहरु गत साउनदेखि बेपत्ता थिए । उनीहरुको शवको अवशेष मात्र झुण्डिएको अवस्थामा भेटिएको हो । उनीहरुले घरबाट भागेपछि साउन ११ मै आत्महत्या गरेको सुसाइड नोटको मितिका आधारमा प्रहरी जनाएको छ ।
    प्रहरीले सुसाइड नोटको आधारमा उनीहरुको पहिचान गरेको हो । आपसमा प्रेम सम्बन्ध भएपनि नाताले काका भतिजी पर्ने हुँदा घरपरिवार र समाजले इन्कार गरेको अवस्थामा उनीहरु घरबाट एकसाथ भागेका थिए ।
    तीनमहिना आत्महत्या गरिएको भनिएपनि साउन र भदौको पानीका बाबजसद पनि सुसाइड नोट पढ्न सकिने हुनुलाई स्थानीयले शंकास्पद रुपमा लिएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र