सोमबार बसेको मन्त्रिपरिषदको बैटकले नन्दप्रसादको शव बुझ्न छोरा नआएपछि सरकारले नै अन्त्येष्टि गर्ने निर्णय गर्दै अन्त्येष्टि गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको हो ।
साथै सरकारले नन्दप्रसादका श्रीमती गंगामायाको जीवनयापनका लागि व्यवस्था गर्ने समेत निर्णय गरेको छ । गंगामायाल सरकारको आग्रहमा अनसन तोडिसकेकी छिन् ।
आफ्ना बाबु र आमाको अनसन तोडाउन सरकारसँग करौडौं रुपैयाँको माग गरिरहेको छोरा नुरप्रसादलाई सरकारले शव बुझ्न बारम्बार आग्रह गरेपनि सम्पर्कमा आएका छैनन् । नन्दप्रसादको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सशस्त्र द्वन्द्वको समयमा हत्या भएका आफना छोराका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भएको थियो ।
No comments:
Post a Comment