• Breaking News

    10.27.2014

    होशियार फेसबुकले जागिर खान सक्छ !

    सामाजिक सञ्जाल फेसबुकको चर्चासँगै दैनिक जीवन व्यवहार समेत यसको महत्वपूर्ण भुमिका हुन थालेको छ । हिजोआज कुनै कम्पनी वा कार्यालयले कसैलाई जागिरमा राख्नुभन्दा पहिले उनको फेसबुक अकाउन्ट जाँच गर्ने गरिन्छ ।
    आफ्नो कार्यालयमा जागिर दिन उपयुक्त छ कि छैन भनेर फेसबुकबाट उनको बानी, व्यवहार, सोँच, बौद्धिकता पत्ता लगाउनु अस्वाभाविक पनि होइन । जसका लागि फेसबुक सहज माध्यम बनेको छ ।
    त्यसैले तपाईंले फेसबुकमा देखाउने व्यवहार र पोष्टले तपाईंको जागिरमा समेत प्रभाव पार्न सक्दछ । यसलाई ध्यान दिनु जरुरी छ ।
    – आफ्नो प्रोफाइल फोटो साधारण र शिष्ट राख्नुहोस् । पवमा बसेको, शौचालयको सेल्फीजस्ता आपत्तिजनक फोटोहरु फेसबुकमा पोष्ट नगर्नुहोस् ।
    – आफूलाई मन परेको पुस्तक, फिल्म, रुची उल्लेख पेजमा लाइक गर्नुहोस्, यसबाट तपाईंको सोंच देखिन्छ । तर लामो विवरण, परिवारको जानकारीलाई स्थान नदिनुहोस् ।
    – आफ्नो नीजी सुरक्षाका लागि आफ्नाबारे खास मानिसमा मात्र सेयर गर्नुहोस्, पूर्ण सार्वजनिक गर्नबाट जोगिनुहोस् । केही मानिसका लागि अलग जानकारी शेयर गर्नुहोस् ।
    – व्यक्तिगत कुरा पाि शेयर गर्नुहोस्, परिवार वा विदाको घुमघामको केही फोटोहरु पोष्ट गर्नुहोस् । अरुको फोटोमा अरुलाइृ नै ट्याग गर्ने काम नगर्नुहोस् । अश्लील पोष्ट नगर्नुको साथै कम्पनी वा आफ्नो कार्यालयबारे केही पनि नलेख्नुहोस् ।
    – ओजनदार स्टाटस तथा म्यासेज शेयर गर्नुहोस् । कार्यालयका अन्य मानिससँगको निकटता र घुमफिरबारे पोष्ट नगर्नुहोस् ।
    – शिष्ट भाषाको प्रयोग गर्नुहोस् । कार्यालयका अन्यबारे केही कमेन्ट नगर्नुहोस् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र