• Breaking News

    10.28.2014

    श्रीमतीसँग झगडा भएपछि ससुरालीमै आत्महत्या

    सिन्धुपाल्चोक, १२ कात्तिक । सिन्धुपाल्चोक बाह्रबिसे गाविसस्थित गुमकोटका एक युवकले ससुरालीमा आत्महत्या गरेका छन् ।
    माइतीमा रहेकी श्रीमतीसँग झगडा भएपछि बाह्रबिसे गुमकोटका १८ वर्षीय जीवन तामाङले मंगलबार राति झुण्डिएर आत्महत्या गरेका हुन् । उनी केही दिन अघि सिन्धुपाल्चोकको भोटसिपा गाविस वडा नम्बर ४ स्थित ससुराली पुगेका थिए ।

    प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहे पनि झगडाकै कारण आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र