• Breaking News

    10.06.2014

    हिन्दु राष्ट्रका लागि कांग्रेसभित्र वृहत भेलाको तयारी

    काठमाडौं, असोज २१ – पछिल्लो समय हिन्दु राष्ट्रका लागि खुलेरै लबिङ गरिरहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्का लगायत केही नेताहरुले त्यसैका लागि दबाब सृजना गर्न वृहत भेला अयोजना गर्ने गोप्य तयारीमा लागेका छन् ।

    नेपाली कांग्रेस निकट स्रोतका अनुसार ‘हिन्दु गणतान्त्रिक नेपाल’ बनाउन उनीहरुले राजधानीमा वृहत भेला आयोजना गर्न लागेका हुन् । यही असोज २३ र २४ गते नयाँ बानेश्वर स्थित अनमोल क्याटरिङमा वृहत भेला आयोजना हुँदैछ ।

    यही भेलाको तयारीका लागि भोली नेपाली कांग्रेसका पूर्व सभासद् रविन्द्र लाल श्रेष्ठको घरमा बैठक पनि बस्दैछ । बैठकमा खड्का सहित हरिबोल भट्टराई, केबी गुरुङ, तारानाथ रानाभाटलगायत नेताहरु सहभागी हुने स्रोतको दाबी छ ।

    यही बैठकले वृहत भेलाको सम्पूर्ण तयारी गर्ने बताइएको छ ।

    नेपालीका कांग्रेसलाई ‘धर्म निरपेक्षता’ मा डोर्याएर गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई धोका दिएको पूर्व राजपरिवारसँग निकट सम्बन्ध रहेका यी नेताहरुको ठहर रहेको स्रोत बताउँछ ।
    via - ratopati

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र