• Breaking News

    10.17.2014

    ‘सेक्स टुरिजम’ को कालोधन्दा चलाउँदा सुन्दरी परिन् फन्दामा

    एजेन्सी । बाल यौन दुराचारको विरुद्धको अभियानमा कोलम्बिया प्रहरीले ९ जनालाई गिरफ्तार गर्दा त्यहाँकी चर्चित सुन्दरी केली जोहाना सुआरेज पनि पक्राउ परेकी छन् ।
    केलीमाथि बाल यौन दुराचारको अभियोग लगाईएको छ । २० वर्षीया मस्त सुन्दरी केलीलाई प्रहरीले कैरेबियाई द्धिपबाट पक्राउ गरेको थियो ।
    मिस कार्टाजोना प्रतियोगिताको सशक्त प्रतियोगी केलीले बालबालिकालाई प्रयोग गरेर यौन धन्दा चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले भर्खर टिन एजमा लागेका युवालाई छानेर पार्टीहरुमा विदेशीहरुसँग पठाउने गर्थिन् ।

    उनले ‘सेक्स टुरीजम’ को नाममा बालबालिकालाई विदेशीसँग यौनकार्यमा लगाउने गरेको आरोप छ । बाल यौन दुराचारको विरुद्धमा अभियान चलाईरहेको प्रहरीले उनको यो कालो धन्दाको पर्दाफास गरेको हो ।
    उनले कम उमेरका बालबालिकालाई मुख मैथुन, यौन सम्पर्क लगायतका यौनजन्य क्रियाकलापमा फसाउने गरेको प्रहरीको दाबी छ । उनले भने आरोप अस्विकार गर्दै बालबालिकालाई रोजगार दिन आफुले विदेसीहरुसँग भेटाउने गरेको बताएकी छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र