10.06.2014
समचार
काठमाडौं, असोज २०–पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि तीन वटा मोर्चाहरुले आन्दोलनको घोषणा गरेका छन् । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजीत पत्रकार सम्मेलनमा ती मोर्चाहरुले असोज २४ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कार्यक्रम अनुसार असोज २४ गते १ बजे माइतघर मण्डलामा विरोध प्रदर्शन गर्ने, असोज २७ गते इटहरीमा, असोज २९ गते दाङमा, असोज ३१ गते काठमाडौैंको खुल्लामञ्चमा जनसभा हुनेछ । पहिचानमा आधारित संघीय गठबन्धनमा रहेका दल, संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा सम्मिलत दल र संघीय गणतान्त्रिक मोर्चामा सम्मिलत दलहरु रहेका छन् । पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्ड, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, र तराई मधेश पार्टीका नेता हृदेश त्रिपाठी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रचण्डले पत्रकारहरुसँग भने, ‘सत्ताधारीहरु समयमै संविधान ल्याउन चाही रहेका छैनन् । हिजोको सहमति तोड्ने काम भयो । ’
No comments:
Post a Comment