प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएको नयाँ पत्रिकामा खबर छ ।
उपचारमा खर्च भएको एक करोड ४३ लाख ३८ हजार आठ सय ४५ रुपैयाँको बिल अस्पतालले नेपाल सरकारको नाममा पठाएको थियो । अर्थ मन्त्रालयले परारष्ट्र मन्त्रालयमार्फत भुक्तानी दिएको छ । ‘प्रधानमन्त्ती अमेरिका जाँदा असारमा १९ लाख १६ हजार दुई सय दिएका थियौं,’ अहिले असपतालको बिल आएपछि एक करोड ४३ लाख निकासा दिएका छौं ।’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रिपरिषदको गत २९ जेठको बैठकले प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका पठाउने र खर्च सबै व्यहोर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयका आधारमा प्रधानमन्त्रीले उपचार खर्चको रकम निकासा गरिएको हो ।
No comments:
Post a Comment