• Breaking News

    9.05.2014

    धामीको पेटबाट निकालियो १५ सेमिका चारवटा फलाम

    धामीको पेटबाट निकालियो १५ सेमिका चारवटा फलामजुम्ला-कर्णाली अस्पतालले स्थानीय एक व्यक्तिको पेटबाट चारवटा घन्टका र्या ले 'मिराकल' अप्रेसन गरी निकालेको छ। अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त छ।



    जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल आएका पातरखोला–१ महावैका ४७ वर्षीय जनकबहादुर शाहीको पेटबाट दुई घन्टा लगाएर फलामका टुक्रा निकालिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निरेश थापाले जानकारी दिए।
    उनका अनुसार शाहीको पेटबाट निकालिएका फलाम १० देखि १५ सेन्टिमिटर लामा छन्। 'स्थानीय धामी रहेछन्, देवता चढेका बेला घन्टका राला निलेको भनेर अस्पताल आए,' डा. थापाले भने, 'दुई घन्टा लामो शल्याक्रियापछि सफल भयौं।'
    बिहीबार साँझ ६ बजे अस्पताल आएका शाहीको पेटमा एक्स–रे गरेर हेर्दा फलामका टुक्रा देखिएपछि शल्यक्रिया गरिएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
    'चारवटै फलाम शल्यक्रिया गर्ने चक्कुभन्दा लामा छन्, दुइटाले आन्द्रा छेडेका थिए,' उनले भने। आन्द्रा सिलाइसकेकाले शाही खतरामुक्त रहेको उनको भनाइ छ।
    पत्रकार सम्मेलनमा शाहीले आफू धामी रहेको र देउता आएका बेला फलाम खाएर पचाउने गरेको बताए। 'अहिलेसम्म पटक–पटक गरी ३ सय ५ वटा रालो खाएँ,' उनले भने, 'यसपटक नपचेकाले अस्पताल आउनुपर्योह।'
    उनका अनुसार ती फलाम उनले ६० दिनअघि निलेका थिए। तीन दिनयता पेट दुख्ने, ज्वरो आउने र वान्तासमेत भएपछि उनी अस्पताल आएका थिए। डाक्टरले पत्रकार सम्मेलनमा देउताका नाममा जोखिमपूर्ण हर्कत नगर्न सुझाव दिएका थिए।
    'बिरामीले पेटभित्र फलाम छ, घन्टको रालो छभन्दा पत्यार लागेन,' डा. थापाले भने, 'एक्स–रे गरेपछि मात्रै छक्क पर्यौंत।' शाही अस्पताल आइपुग्दा उनको ब्लडप्रेसर कम थियो, दिसा दुई दिनदेखि रोकिएको थियो। 'पेट छाम्नेबित्तिकै चिच्याउनुहुन्थ्यो, पहिले सामान्य जाँच गर्यौं , एपेन्डिसाइड होला भनेको त फलाम गढेको पो रहेछ।'
    'डाक्टरले पुनर्जन्म दिए' शाहीले भने, 'उहाँ नै मेरो भगवान्, उहा नै मेरा देउता।'

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र