लियाओनिङ प्रान्त चीनोको उत्तर पूर्वी क्षेत्रमा पर्छ । आफ्नै घरमा कुखुराको फर्म चलाउँदै आएकी ज्याङ ल्याङ एक दिन कुखुराका लागि दाना बनाउँदै थिइन् । त्यसैबेला एक्कासी दाना बनाउने मेसिनले उनको कपाल तान्यो ।
उनी चिच्याउने कराउने गरिन् । उनी चिच्यइरहिन र उनको कपाल तान्दा तान्दा मेसिनले टाउकोको खोपडी माथिको पुरै छाला नै निकालिदियो ।
केहीबेर पछि मात्र उनको परिवारका सदस्यहरुले उनी चिच्याएको सुने जतिबेला मेसिनले उनको कपालको पुरै छाला निकालिसकेको थियो । तर ज्याङ ल्याङ होसमै थिइन् ।
परिवारले उनलाई तुरुन्त अस्पताल लगेर गए ।
चिकित्सकहरु पनि उनको अवस्था देखेर छक्क परे । चिकित्सकहरुले त्यस्तो अवस्थामा पनि बोलिरहेकी ज्याङ ल्याङको टाउकोको अपरेशन गरे ।
चिकित्सकहरुले उनको टाउकाको छालामात्र जोडेनन् उनको कपाल पुनः आउने गरी ब्यवस्था समेत मिलाएका छन् । उनकी केही दिनमै अस्पतालबाट घर जान सक्ने चिकित्सकहरुले बताएका छन् ।
No comments:
Post a Comment