• Breaking News

    9.03.2014

    एउटै नाम्लोमा झुण्डिएर दम्पतीले गरे आत्महत्या

    तनहुँ, भदौ १८ –  तनहुँ जामुनेका एक दम्पतीले एउटै नाम्लोमा झुण्डिएर आत्महत्या गरेका छन् ।
    जामुने गाविस ९ दुर्बङका २३ वर्षका सुबास नेपाली र २१ वर्षकी  श्रीकला नेपालीले टुली भन्ज्याङ्ग सामुदायिक वन परिसरको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
    मंगलबार घाँस काट्न भनेर हिडेका श्रीमान्–श्रीमती घर नफर्किए पछि बुधबार खोजी गर्ने क्रममा घरदेखी करिब डेढ किलोमिटर टाढाको जंगलमा झुण्डिरहेको अवस्थामा दुवै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको मुद्दा शाखामा कार्यरत विष्णु थापाले जानकारी दिनुभयो । जामुने –८ माइती भएकी श्रीकला र सुबास बिच एक वर्ष अघि मात्र विवाह भएको थियो ।
    श्रीकलाले लामो समयदेखि टाउको सम्बन्धी औषधि सेवनसँगै उपचार गर्दै आएको साथै सुबासले समेत निरन्तर औषधि प्रयोग गर्दै आएका कारण रोग सम्बन्धी पीडाले दम्पतीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र