• Breaking News

    9.07.2014

    केटी साथीको अश्लिल तस्बिर फेसबुकमा राख्ने धम्की दिने पक्राउ

    काठमाडौं, भदौ २२ - आफूसँगै पढ्ने केटी साथीको तस्बिरको दुरुपयोग गरी अश्लिल बनाएर सामाजिक सञ्जालमा राख्ने धम्की दिँदै रकम अुसली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काठमाडौंको किर्तिपुर वस्ने वर्ष २२ को राजेश पौडेल छन् ।
    उनले आफूसँग एउटै कक्षामा पढ्ने महिला साथीको मोवाईलमा रहेको फोेटो दुरुपयोग गरी अश्लिल फोटो बनाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिदिन्छु भनेर धाक धम्की देखाई पटक–पटक ईमेल गरी ६ हजार रुपैयाँ माग गरेको प्रहरीको दावी छ ।
    पक्राउ परेका पौडेललाई विद्युतीय कारोवार ऐन अन्र्तगत मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडांैमा राखिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र