एजेन्सी । अमेरिकाका एक व्यक्तिले जन्मदिनमा अहिलेसम्मकै अमुल्य चिज उपहार स्वरुप पाइका छन्।
अघिल्लो हप्ता ३९ औं जन्मदिन मनाइरहँदा ह्यारी स्ट्रोक्सले जन्मदिनको उपहार स्वरुप मृगौला उपहार पाएका थिए।
ह्यारीका मृगौलाले केही समय यता राम्रोसंग काम गर्ने छाडेपछी उनि स्वस्थमा ठुलो समस्या आएको थियो।
उनलाई मृगौला उपहार दिने व्यक्ति भने उनकै नाता पर्ने एक महिला हुन्। नाताले उक्त महिला ह्यारीको दिदि पर्दछिन ।
तीन वर्षयता मृगौलाको रोगले पिडित ह्यारी हत्तामै कयौं पटक डायलसिस गर्ने वाध्य थिए । उनकी दिदि पर्ने च्यानन् विक्सले उनलाई मृगौला नै उपाहर दिएपछि भने ह्यारीको खुसिको सिमा रहेको छैन् भने उनको ज्यान समेत बचेको छ।
No comments:
Post a Comment