ध्रुव भट्टराई
२८ भदौ, विराटनगर/ खेती गरेर पनि कोही उँभो लाग्छ । खेती किसानीमै सक्रिय भएकाहरु पनि यस्तै भन्छन । सरकारले कृषि प्रधान देश भनेर ब्याख्या गरेपनि किसानका लागि केही नगरेको गुनासो गर्नेहरु प्रसस्त छन् । खेती किसानीमा लागेर केही गर्न सकिन्न भन्नेहरुले एक पटक मात्रै भएपनि मोरङ डङग्राहका किसान ढालुराम माझीलाइ भेटन जरुरी छ । उनि यस्ता किसान हुन्, जो कागती बेचेरै वर्षमा २० लाख कमाउछन् ।
विना तालिम ७ बर्ष अघि दुईवटा कागतीको विरुवाबाट शुरु गरेको उनको कागती खेती अहिले डेढ विघा क्षेत्रफलमा विस्तार भएको छ । डेढ विघा खेतमा लगाएको कागती विक्रीवाट उनले यो वर्ष मात्र २० लाख रुपैया कमाएका हुन् ।
‘अहिले मेरो सम्पुर्ण जाय जेथा कागती नै भएको छ यसकै आम्दानीले हाई सन्चो संग वाँच्न पुगेको छ ‘ ढालुरामले भने । उनले कागती खेतीवाट सोचेको भन्दा राम्रो आम्दानी लिएको बताए । दुई विरुवाबाट सुरु भएको उनको खेती ६ सय भन्दा बढि बिरुवामा बिस्तार भएको छ ।
पछिल्लो समय आफनै वारीमा लगाएको कागतीलाई कलमी गरी कागतीको वेर्ना उत्पादन समेत सुरु गरेका छन् उनले । माझीका अनुसार तीन वर्षयता उनले २५ हजार भन्दा बढी कलमी बिरुवा मात्रै बेचे । उनले आफुले उत्पादन गरेको बिरुवा प्रति गोटा एकसय रुपैयामा विक्री गर्दै आएका छन । कागतीको वजारमा अत्याधिक माग हुने भएकाले कागतीको सिजनमा वारीमै गएर व्यापारीले प्रतिगोटा ५ देखी ८ रुपैया सम्म दिन गरेका छन् ।
गत बर्ष देखी जिल्ला कृषि कार्यालय मोरङले उनलाई प्राविधिक सहयोग गर्दै आएको छ । कृषि कार्यालयले उनले उत्पादन गरेको विरुवा खरिद गरेर अन्य कृषकहरुलाई वितरण गर्दै आएको छ । माझीका अनुसार कलमी विरुवा रोपेको एक बर्ष पछि फल्न सुरु हुन्छ । उनि आफै पनि कागती खेतीलाई विस्तार गरेर यही वर्षदेखि ५ विगाहामा पुर्याउने योजनामा छन् ।
उनले कागती खेतीका लागि यति धेरै जमिन आफुसंग नभएकाले लिजमा लिने तयारी गरेको वताए । माझीलाई जिल्ला कृषी कार्यालयले प्राविधिक र अनुदान सहयोग गर्दै आएको कृषी कार्यालयका बागवनी विकास प्रमुख कासिकुमार चौधरीले जानकारी दिए । उनले कागती खेतीबाट छिटो र राम्रो आम्दानी हुने भएकाले स्थानीय स्तरमा कागती खेतीको विस्तार गर्नसके भारतबाट कागती आयात गर्नु पर्ने समस्या नहुने बताए ।
www.onlinekhabar.com
9.12.2014
समचार
No comments:
Post a Comment