काठमाडौं । नेपाली चलचित्रका सफल अभिनेताको परिचय बनाएका राजेश हमाल आफूलाई टुरिस्ट विद्यार्थी भन्न रुचाउँछन् । स्कुल फेर्दाफेर्दै फिरन्ते विद्यार्थीकै रुपमा एसएलसी सकेका रहेछन् हमालले ।
उनका बाबु चूडाबहादुर हमाल एक समयका सफल कूटनीतिज्ञ थिए । राजदूतका रुपमा बाबु सरुवा भएर जुनजुन देश पुग्थे, राजेश पनि बाबुसँगै हुन्थे ।
‘सरुवा भएपछि बुबाको देश परिवर्तन हुन्थ्यो भने मेरो स्कूल फेरिन्थ्यो,’ हमालले भने, ‘एक वर्ष एउटा स्कुलमा पढ्यो ।
अर्को बर्ष त बुबाको सरुवका कारण अर्कै स्कूल पुगिन्थ्यो ।’ ‘कुनै बेला एउटा कक्षा उत्तीर्ण गर्न दुई ओटा स्कूल फेर्नुपथ्यो,’ अभिनेता हमालले भने ।
सोही कारण उनले आफूलाई टुरिस्ट स्टुटेन्डका रुपमा लिएको बताएका छन् । यिनै अभिनेता, जो भारतीय दूतावास तथा वीपी कोइराला नेपाल(भारत प्रतिष्ठानको नियमित कार्यक्रम भ्वाइसेसको १७ औं शृखंलामा शुक्रबार प्रस्तुत भए ।
जब उनले आफ्नो जीवनका आरोहअवरोह सुनाउन थाले, उनलाई सुन्न गएका त्रिवि कीर्तिपुरका एक विद्यार्थी भन्दै थिए, ‘मलाइ त राजेश हमालको यथार्थ वृत्तचित्र हेरिरहेको महसुस भइरहेको छ ।’
अभिनेता हमालले धाराबाहि अंग्रेजीमा आफ्नो जीवनकथा सुनाएको ती विद्यार्थीलाई औधी मन परेछ । यसरी जीवनका कथाव्यथा पोख्ने क्रममा अभिनेता हमालले भन्दै थिए, ‘धेरै स्कुल चहारेकै कारणले होला, म स्कुले जीवनमा निकै चकचके थिएँ ।’
स्कुल फेरिँदा साथीहरु पनि त्यत्तिकै फेरिन्थे उनका । फरकफरक स्वभावका साथीको संगत । सोही कारण आफू चकचके बनेको हुनुपर्ने ठम्याइ थियो उनको । आजको राजधानीमा समाचार छ ।
9.12.2014
मनोरन्जन
No comments:
Post a Comment