भदौ १९ – विभिन्न अभियोगमा प्रहरीद्वारा पक्राउ पर्दै जेल बस्दै निसिकएको पूर्वका कुख्यात अपराधी शुसन लिम्बु पुनः बुधवार साँझ मोरङ्गको उर्लाबारीबाट इटहरी प्रहरीद्वारा पक्राउ परेका छन् । लागुऔषध कारोबारको अभियोगमा चार वर्ष जेल सजाय भोगेर निस्किएका सुशनलाई इटहरीका व्यापारीहरुबाट धम्क्याएर पैसा असुल्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय जिल्ला विकास समिति मोरङ्गका ठेकेदार तथा व्यापारी भिम पौडेललाई टेलिफोनमार्फत तीनदिन भित्र १० लाख नदिए इटहरीको बुढी खोलामा मारेर फालिदिन्छु भन्दै धम्की दिएको अभियोगमा सुशनलाई पक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए । व्यापारी तथा ठेकेदार भिम पौडेलले अभियुक्त लिम्बु विरुद्ध कडा कार्वाहीको माग गर्दे इलाका प्रहरी कार्यालय इटहरीमा लिखित उजुरी समेत दर्ता गराएका छन् । एक दर्जन बढी फौजदारी मुद्दामा पक्राउ पर्दै धरौटीमा छुट्दै गरेका सुशनलाई बिहीबार बिहान अदालतबाट म्याद थप गरी शरिर बन्धक तथा अपहरण उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको र उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने इटहरी प्रहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए । - See more at: http://www.ratopati.com/2014/09/04/164621.html#sthash.uk1DBszv.X1qfefWO.dpuf
No comments:
Post a Comment