• Breaking News

    9.04.2014

    लिबियाबाट हराए १० विमान, सेप्टेम्बर ११ को जस्तै आक्रमण हुने चेतावनी

    लिबियाको विमानस्थलबाट १० वटा विमान हराएपछि ती विमान इस्लामिक स्टेटका लडाकुले अपहरण गरेको र सन् २००१को सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको जस्तै आक्रमण हुन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् ।
    9-11 attack anniversary
    गत महिना लिबियाको राजधानी ट्रपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थल लडाकुहरुले नियन्त्रणमा लिएपछि त्यहाँबाट १० वटा विमान हराइसकेका छन् ।

    २ साता यता अमेरिकाले लिवियाको अवस्था विग्रँदै गएको भन्दै चेतावनी दिइरहेको छ । सेप्टेम्बर ११ को आक्रमणको वर्षगाँठ नजिकिँदै गर्दा अमेरिकी अधिकारीहरु फेरि पनि त्यस्तै आक्रमण हुने चिन्तामा छन् ।
    एक अमेरिकी पत्रिकाले लिबियाबाट विमानहरु क्रमश हराइरहेको र ती विमान नै आक्रमणमा प्रयोग हुन सक्ने चेतावनी दिएको   छ ।
    libya plane
    सन २००१ को सेप्टेम्बर ११ मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र विदेश मन्त्रालय भवन पेन्टागनमा विमान ठोक्काएको थियो ।
    9-11 attack anniversary 1
    अघिल्लो वर्ष सेप्टेम्बर ११ मै लिबियास्थित अमेरिकी दुताबासमा आक्रमण गरी अमेरिकी राजदुत सहितका अधिकारीको विभत्स हत्या गरिएको थियो ।
    libya plane 1
    केही समय अघि मात्र लडाकुहरुले लिवियाको अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेका थिए । लिबियाका शासक मोआमर गद्दाफी मारिएपछि लिबियामा हतियारधारी लडाकुले रडाको मच्चाइ रहेका छन् ।
    libya rebel
    लिविया कस्को नियन्त्रणमा छ भन्ने समेत अलमल जस्तो देखिन्छ ।
    - See more at: http://nepaliheadlines.com/2014-09-04-06-34-23.html#sthash.zJTL4prk.dpuf

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र