• Breaking News

    9.11.2014

    खुश्बु ओलीले दिइन् प्रहरी र पत्रकारलाई चुनौती

    भदौ २७ काठमाडौं । ‘चर्चीत डन’ चरीको मृत्यु प्रकरणमा मिडियाबाजी गर्दै हिडेकी खुश्बु ओलीले प्रशासन र पत्रकारलाई समेत चुनौती दिन थालेकी छिन् ।

    उनले आफु चरीको प्रेमीका भएको बताउदै चरीको मृत्यु प्रकरणका बेला विभिन्न व्यक्तिलाई चरीको हत्या गरेको आरोप समेत लगाएकी थिइन् । उनको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै प्रहरीले उनलाई उच्च निगरानीमा राखेको बताएको थियो ।

    उनलाई विदेशजान समेत रोक लगाएको बताइएको थियो । तर, उनी यतीवेला बेलायत पुग्न सफल भएकी छन् ।

    उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा अनावश्यक समाचार सम्प्रेषण गरिएको भन्दै पत्रकारलाई गाली समेत गरेकी छन् ।

    खुश्बुले आफ्ना बारेमा समाचार लेख्दा मात्र समाचार विक्ने गरेकाले पत्रकारहरु आफु माथि खनिएको आरोप समेत लगाउन भ्याएकी छन् ।

    साथै हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ भनेर आफ्ना पछि दौडनेहरु एकदिन पराजीत हुने बताएकी छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र