• Breaking News

    9.11.2014

    छिमेकीको मृत्युको खबरले शिक्षकको हृदयघातका कारण मृत्यु

    ह्यागुल गाविस–९ निवासी छिमेकी २८ वर्षीया बाटु रावलको घाँस काट्दा रुखबाट लडेर मृत्यु भएको खबर सुनेपछि स्थानीय शिक्षक भीष्मबहादुर कार्कीको हृदयघातका कारण मृत्यु भएको छ ।

    कार्की महादेब उच्च माध्यमिक विद्यालयमा अंग्रेजी पढाउँथे । सोही विद्यालयमा कार्यरत शिक्षिका अनिता रावलते दिएको जानकारी अनुसार दिउँसो १२ बजे विद्यालयको सामान्य छलफल भइरहेका बेला छिमेकी रावलको रुखबाट लडेर मृत्यु भएको खबर सुनाएपछि शिक्षक कार्की एक्कासी बेहोस भएका थिए । उपचारका लागि स्थानीय संघ संस्थालाई खबर गरे पनि स्वास्थ्यकर्मी नभएको जानकारी पाएपछि कार्कीका आफन्तले नेपलगन्जबाट हेलिकोप्टर मगाएका थिए ।

    हृदयघात भएको ६ घन्टापछि मात्रै उनलाई नेपालगन्ज पुर्याइएको थियो । नेपालगन्जमा उपचारकै क्रममा बुधबार राति ११ बजे कार्कीको मृत्यु भएको शिक्षिका अनिता रावतले बताइन् |(अन्नपुर्ण पोस्ट )

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र