अनुसन्धानकर्ताहरुका अनुसार यौवन अवस्थापूर्व सम्म केटा केटी दुवैको नाक उस्तै हुन्छ । तर, ११ वर्ष पार गरेपछि नाकको आकारमा फरकपना आउन थाल्छ । ‘शरिरको आकार उस्तै भएरपनि पुरुषको नाक महिलाको भन्दा ठुलो हुन्छ र यौवनावस्थाबाट साँच्चै नै फरक पर्दै जान्छ’ आयोवा विश्वविद्यालयका सहायक प्राध्यापक नाथन होल्टन भन्छन् ।
तर, नाकको अर्को रोचक पक्ष के छ भने मानिसको नाक नियाण्डरथलको जस्तो ढुंगे युगको भन्दा अहिले निकै सानो भएको पाइएको छ । विगतमा मानिसहरुले धेरै काम गर्नुपर्ने हुन्थ्यो र मांसपेशीलाई पनि दुरुस्त राख्नुपर्ने हुन्थ्यो, जसबाट शरिरमा अक्सिजन बढी खपत गर्नुपर्ने हुँदा नाक ठुलो भएको र अहिले मानिसले धेरै काम गर्नुनपर्ने हुँदा ठुलो नाक आवश्यक नभएको अनुसन्धानकर्ताको भनाई छ ।
।युरोपेलीहरुको नाकबारे विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले महिला तथा पुरुषको शरिर संरचनाअनुसार नाकको आकारमा पनि फरक पर्ने बताएका छन् । साधारणतया पुरुषहरुमा महिलाको तुलनामा पुरुषहरुमा पातलो मांसपेशी हुन्छ, जसको अर्थ हुन्छ पुरुषहरुलाई आफ्नो मांसपेशीको वृद्धिका लागि बढी अक्सिजन चाहिन्छ । यहीकारण बढी अक्सिजन प्राप्त गर्न प्राकृतिक रुपमै पुरुषहरुको नाक ठुलो हुन्छ ।
No comments:
Post a Comment