• Breaking News

    9.29.2014

    जयललितालाई सजाय सुनाएपछि ६ जनाद्वारा आत्महत्या

    १० को हृदयघातले मृत्यु ,कैयौं गम्भीर अवस्थामा अस्पताल भर्ना

    नयाँदिल्ली (एजेन्सी)– भ्रष्टाचार आरोपमा एआइडिएमके प्रमुख एवं तमिलनाडुकी मुख्यमन्त्री जे जयललितालाई चार वर्ष जेल सजाय सुनाइएपछि उनीसमर्थक १६ जनाको मृत्यु भएको छ । नवभारत टाइम्स अनलाइनका अनुसार जयललितालाई जेलसजाय सुनाइएको सहन नसकी ६ जनाले आत्महत्या गरेका छन् भने १० जनाको हृदयघातका कारण मृत्यु भएको छ । आत्महत्या गर्नेमा १९ वषीय कलेज विद्यार्थीसमेत छन् । अन्य कैयौं मानिसलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको पनि समाचारमा जनाइएको छ ।
    प्रहरीका अनुसार अस्पतालको फैसला सुन्नेवित्तिकै तीन जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने एकले आत्मदाह गरेका थिए । त्यस्तै एक जनाले चलिरहेको बसबाट हाम्फालेर र एक जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । त्यसैगरी आत्मदाहको प्रयास गर्ने दुईजना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने तिरुपुरमा एक जनाले औंला नै काटेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र