• Breaking News

    9.21.2014

    आइफोन सिक्स किन्नका लागि प्रेमिका भाडामा

    सांघाई – एप्पल आइफोनमा मानिसहरुको बढ्दो रुचीका कारण उनीहरुले गर्ने अचम्मका कार्यहरुको बारेमा हामीले थुप्रै समाचारहरु पढ्दै आइरहेका छौँ । कसैले आफ्नो मृगौला बेचे भने कसैले आफ्नो अंगदान गरेर आइफोन किनेका छन् । तर अहिले जुन खबर आएको छ, त्यसले निकै तहल्का मच्चाइरहेको छ । चीनका एक छात्रमा आइफोन सिक्सको भूत यसरी सवार भयो कि उनले यसका लागि आफ्नी प्रेमिकालाई नै भाडामा राख्ने निर्णय गरेका छन् । उक्त घटना सांघाई शहरको शोंगझियांग विश्वविद्यालयको हो ।
    यहाँका एक छात्रले आइफोन सिक्स किन्नका लागि आफ्नी प्रेमिकालाई भाडामा लगाउने बताएका छन् । यसका लागि उनले सोसल मिडियामा विज्ञापन पनि दिएका छन् । यति मात्र होइन, ती छात्रले कलेजमा समेत प्लेकार्ड लिएर यसको विज्ञापन गरिरहेका छन् ।
    यो विज्ञापनमा छात्रले आफ्नी प्रेमिकालाई भाडामा लिएको घण्टा, दिन र महिनाको मूल्यसूची तयार पारेका छन् । उक्त मूल्यसूची अनुसार एक घण्टाको १० चीनी येन, एक दिनका लागि ५० चीनी येन र एक महिनाका लागि ५०० चीनी येन । उल्लेखनीय छ कि चीनमा यस्तो प्रकारको घटना पहिलो भने होइन । योभन्दा पहिले एक विद्यालयकी छात्राले आइफोन किन्नका लागि आफ्नो मृगौला बेचेकी थिइन् । – (एजेन्सी)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र