• Breaking News

    9.19.2014

    एक अर्काको आलाचना नगरी खाएको पच्दैन शाहरुख र सलमानलाई

    २०७१ असोज ४ गते मुम्बई । शाहरुख खान र सलमान खानमाथी एउटा स्थायी आरोप लाग्ने गरेको छ । यी हिरोहरु एक अर्कालाई देखि सहन्नन् । शाहरुखले गरेको इभेन्टमा सलमान नजाने र सलमानले गरेकोमा शाहरुख जान नचाहने घटनाले पनि एक अर्काका लागि यी कट्टर दुष्मन जस्ता बनेका छन् ।
    त्यति मात्रै होईन कुनै पनि कार्यक्रममा एक अर्कालाई ब्याङ्ग्य गर्न उत्तिकै सिपालु छन् दुई खान । केही मान्छेहरुको भनाई अनुसार एक आलोचना गर्नु उनिहरुका लागि एक खालको रोग नै हो । दुबै हिरोका शुभचिन्तक मान्ने एक तन्नेरी भन्छन ‘एक अर्काको आलोचना गर्न पाएनन् भने दुई खानलाई भात पच्दैन ।’
    अर्को कुरा दुई मध्ये कुनै पनि खान उपस्थित भएको कार्यक्रममा मिडियाले समाचारको खोजी नै प्रतिस्पर्धीवाट सुरु गर्ने गरेका छन् । सलमान भएको ठाउँमा पुग्दा शाहरुख किन आएनन् र शाहरुख भएको ठाउँमा पुदा सलमान कता हराए भन्ने प्रवृत्ति पनि छ मिडियाकर्मीमा ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र