• Breaking News

    9.19.2014

    २१ जिल्लाका किसानलाई इजरायलले लैजाने

    आधुनिक कृषिप्रणालीबारे तालिम दिइने

    काठमाडौं, असोज ४– किसानलाईलाई आधुनिक कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले देशका विभिन्न ८ जिल्लाबाट किसान लगेको इजरायलले फेरि थप किसान लैजाने भएको छ ।
    इजरायली दूताबासका अनुसार त्यहाँ गएका २ सय ५ किसानहरु तालिम लिई नेपाल फर्किसकेका छन् भने अहिले फेरि थप ५ सय १५ युवा किसानलाईलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले इजरायल पठाउन लागेको हो ।
    दुताबासका अनुसार साना किसान विकास बैंकसँग सहकार्य गरी उनीहरुलाई इजरायल पठाउन लागेको हो ।
    दोस्रोपटकको यस प्रशिक्षणमा इलाम, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहु, नवलपरासी, रुपन्देही, दाङ्ग, बाके, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र बर्दिया गरी २१जिल्लाबाट ५ सय १५ युवा किसान इजरायल जानेछन् ।
    जसमध्ये प्रकृया पुरा भई ३ सय १४ विद्यार्थी इजरायल पुगिसकेका छन् भने बाकी बिद्यार्थीहरु अक्टोबर भित्र इजरायल पुग्नेछन् ।
    उनीहरुमध्ये १ सय ५० लाई इजरायलको किन्नरेट कलेजमा, १ सयलाई आस्केलन कलेजमा, ५० जनालाई रामात नेगेभ डेजर्ट एग्रिकल्चरल रिसर्च सेन्टरमा, १ सय ६५ लाई आराभा ईन्टरनेशनल सेन्टर फर एगिकल्चरल तालिम सेन्टरमा र ५० जनालाई स्दोत नेगेभ रिजनलकाउन्सिलमा तालिम दिइने दुताबासले जानकारी दिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र