• Breaking News

    9.18.2014

    राजमार्गका होटलले खुवाउछन् बासी खाना

    ३ असोज, काठमाडौँ ।
    पूर्वपश्चिम हुँदै राजधानी जोड्ने पृथ्वीराजमार्गका होटलहरुमा पटक पटक सरकारी अनुगमन गरेपनि बासी खाना र म्याद गुज्रिएका सामान थयथावत पाइएको छ ।

    हरेक दशैँतिहार अघि औपचारिकता पूरा गर्ने जसरी होटल,बजार अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्ने गरेपनि राजमार्ग स्थित होटलहरुको दिने सेवामा सुधार आउन नसकेको गुनासो यात्रु र सर्वसाधारणहरुको छ।

    के यो ताजा हो : पृथ्वी राजमार्गअन्र्तगत मलेखुको एक होटलमा माछा देखाउँदै ग्राहक ।

    'अब त राम्रा खाना पाइन्छ कि भन्ने आशा लाग्छ', काठमाडौंबाट चितवन फर्कंदै गरेका देवकी रानाले भनिन् तर कहिले दाल गन्हाए जस्तो ,भात बासी तरकारी पनि बएलिएजस्तो मुखमा हाल्दै थाहा हुन्छ। अरु त अरु नारायणी र त्रिशुलीको माछा भनेर कुहिएका र किरा परेका माछा दिने चलन पनि नहराएको उनको गुनासो छ।

    आम गुनासो बढेकैले बाणिज्य विभागले असोज एक गतेदेखि चितवनको राजमार्ग क्षेत्रका होटलको अनुगमन शुरु गरेको छ। तर होटलमा साँच्चै परिवर्तन हुने खालको प्रभावकारी अनुगमन नहुने भएको भन्दै उपभोक्ता र यात्रु निराशा छन्।

    बाणिज्य विभागको टोलीले भने पहिलो दिनको अनुगमनमा चितवनको रामनगरदेखि मुग्लीनसम्मका विभिन्न होटल तथा खाद्य पसलहरुमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत श्रीकान्त पौडेलले बताए।

    आजको नागरिक दैनिक लेख्छ, चितवन प्रशासन सहित गएको टोलीले १४ वटा होटल र खाद्य स्टोर्सहरुमा अनुगमन गरेको थियो।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र