• Breaking News

    9.18.2014

    अस्पतालबाट घर फर्के सुनिल

    २०७१ असोज ३ गते रुघा, खोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका अभिनेता सुनिल थापा बिहीवार दिउँसो डिस्चार्ज भएका छन् । उनि डिष्चार्ज भएको कुरा निर्देशक नारायण पुरीले फेशबुक मार्फत सार्वजनिक गरेका थिए ।
    निर्देशक पुरीले ‘फाईनल्ली डिस्चार्ज’ भन्दै अभिनेता थापाले सिरानी च्यापेर प्लाष्टिकको झोलामा केही औषधि बोकेर बाहिरिदै गरेको तस्विर पोष्ट गरेका थिए । अभिनेता थापाका शुभचिन्तकले अस्पतालवाट डिष्चार्ज भएकोमा खुसी ब्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि उनि ५ दिन अघि अस्पताल भर्ना भएका थिए ।
    एकसय बढी नेपाली चलचित्रमा अभिनय गरेका थापाले पछिल्लो पटक हिन्दी फिल्म ‘मेरी कोम’ मा काम गरेर वाहवाही पाएका थिए । श्रीकृष्ण श्रेष्ठको मुख्य भुमिका रहेको कथानक चलचित्र ‘बुहारी’ का उनि निर्माता पनि हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र