• Breaking News

    9.22.2014

    हिरासतमै अनसनमा सीके राउत, राज्यले माफी माग्नुपर्ने माग

    काठमाडौं, ६ असोज ।
    प्रहरी हिरासतमा रहेका डा. सीके राउतले आजदेखि आमरण अनसन सुरु गरेका छन् । प्रहरी हिरासतमै प्रहरीहरुले राउतमाथि अमानवीय व्यवहार गरेको भन्दै आजदेखि आमरण अनसनमा बसेका छन् । राज्यले माफी मागेर छाडेन भने अनसन जारी राख्ने माग राखेको कुरा बुद्धिजीवी विजयकान्त कर्णले बताएका छन ।
    कर्ण आज बिहान हनुमानढोकामा राउतसँग भेट गर्न जाँदा प्रहरीले दुर्व्यवहार गरेको जानकारी दिएका छन् । यसरी प्रहरी हिरासतमा रहेकामाथि अमानवीय व्यवहार गर्नु कतिको कानूनसम्मत वा संविधानसम्मत हो भन्ने कुरा विचारणीय छ । राउत देशद्रोही हो कि होइन भन्ने कुरा अहिलेसम्म प्रमाणित भइनसकेको अवस्था हिरासतमै अमानवीय व्यवहार हुनुले गम्भीर प्रश्न खडा गरेको छ ।
    यसैबीच तराई–मधेशलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्दै अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतलाई थप दुई दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । न्यायाधीशद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र