सिंहदरबार शनिबारमा बसेको समितिको बैठकले विवादित विषयलाई सहमतिमा टुंगो लगाउन प्रयास जारी राख्ने तथा सहमति भएका र विवादित विषयलाई समेत समेटेर संविधानसभामा सुझावसहितको प्रतिवेदन पठाउने निर्णय गरेको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
संविधानसभामा पठाउने प्रतिवेदनमा बैठकहरुको विवरण, टुंगो लागिसकेका र टुंगो लाग्न बाँकी विषयलाई समेटिने जनाइएको छ ।
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने दलहरुको प्रयास निष्कर्षमा पुग्न नसकेपछि थप समय मागेर संविधानसभामा प्रतिवेदन पठाउने निर्णय भएको हो ।
राज्य पुनःसरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा दलहरु आ–आफ्नो अडानमा कायमै रहेपछि कार्यतालिका अनुसार आज विवादित विषयमा सहमति जुट्न नसकेको हो ।
No comments:
Post a Comment