• Breaking News

    9.06.2014

    सवारी दुर्घटनामा परी एमाले नेता गम्भीर घाइते

    भाद्र २१ । एमाले नेता तथा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रित पासवान सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो सप्तरीको शम्भुनाथस्थित लोकमार्गमा मिनीट्रकले पासवान सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    मोटरसाइकलको पछाडिको सिटमा रहेका पासवान गम्भीर घाइते भएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक सप्तरी बोरिया गाविसका अजयकुमार साह भने सामान्य घाइते भएका जनाइएको छ । 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र