• Breaking News

    9.17.2014

    नायिकाबाट गायिका बनिन् नम्रता

    २०७१ असोज २ गते
    काठमाडौं । विभिन्न म्युजिक भिडियो र फिल्ममा अभिनय गरेकी नम्रता श्रेष्ठ अब गायिकाको रुपमा समेत चिनिने भएकी छिन् । अहिलेसम्म उनको स्वरमा कुनै गीत नसुनेका दर्शकले स्टेजमा नम्रताको स्वर सुन्ने भएका छन् । ‘मेरो पहिलो गायन हो म आधुनिक गीत गाउँछु ।’ नम्रताले भनिन् ।

    नम्रताको आफ्नै कम्पनि हाइली हाइ र अपारेल कम्पनि भुटु इन्टरटेनमेन्टले पोखरा र काठमाडौमा कन्सर्ट गर्ने भएको छ भने ती कन्सर्टमा नम्रताले गाउनेछिन् ।

    पछिल्लो फिल्म ताण्डबमा नम्रतासँगै अभिनय गरेका आशिष राना लाउरे र गीरीश खतीवडा पनि नम्रतासंगै गायनमा सक्रिय हुनेछन् । असोजको पहिलो हप्ताको शनिवार पोखरा र दोस्रो शनिवार काठमाडौमा कन्सर्ट हुने भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र