• Breaking News

    9.16.2014

    संवेदनशील अंग समाउँदै जवरजस्ती गर्न खोजेको आरोपमा प्रिन्सिपल पक्राउ

    उदयपुर, भदौ ३१– आफूले पढाउने छाज्ञालाई यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरमा एक बोडिङ्ग स्कुलका भाईस प्रिन्सिपल पक्राउ परेका छन् ।
    आफ्नै छात्रलाई दुव्र्यवहार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका वडा १ स्थित त्रियुगा लिटल फ्लावर्स सेकेन्डरी बोर्डिङ्ग स्कुलको भाईस प्रिन्सीपल बिद्या भुषण गुप्ता मंगलबार प्रक्राउ परेका हुन ।
    गत शनिवार बोडिङ्गको कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई सिराहा जिल्ला लहान नगरपालिका स्थित आश्रम घरको अवलोकन भ्रमणबाट फर्कने क्रममा चुरियामाई मन्दिर जंगलमा ल्याई जवरजस्ती गर्न खोजेको पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
    शिक्षक गुप्ताले लहानबाट फर्कने क्रममा आप्mनो मोटर साईकलमा चढाई चुरे स्थित चुरिया मन्दीर नजिक सडक खण्डमा ल्याई शरिरको संवेदनसिल अंगमा समाउँदै भुँईमा लडाउन खोजेको पीडितको तर्फबाट दिएको जाहेरीमा छ । अहिले शिक्षक गुप्तालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक डिल्ली बहादुर चौहानले बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र