• Breaking News

    9.01.2014

    डनलाई हतियार राख्ने इजाजत दिने सीडीओ चुणामणिलाई कसले कारबाही गर्ने ?

    काठमाडौँ, १७ भदौ । दुई मोस्ट वान्टेड डन रमेश बाहुन सुजन पौडेल र चरी दिनेश अधिकारी ‘साइड लागेपछि’ राजधानीका अन्य गुन्डाका नाइकेहरु खुुशी भएका छन् । आफूहरुको धन्दामा अब कसैको अवरोध नहुने भन्दै उनीहरु उत्साहित भएका हुन् ।
    रमशे बाहुनलाई २८ ग्राम लागूऔषधसहित समातेर प्रहरीले वर्षौका लागि जेलमा थन्काइदिएको छ भने अर्का उग्र गुन्डाका नाइके चारीलाई प्रहरीले इन्काउन्टर नै गरिदिएको दृष्टि साप्ताहिकमा खबर छ । उनीहरु साइड लागेपछि अन्य डनहरुपनि डराएको बताइएपनि केही भने खुशी भएका छन् ।
    गणेश लामा, कुमार घैंटेलगायत गुण्डा नाइकेहरु खुशी भएका हुन् । बाहुनले त गणेश लामालाई नै धम्काएर पैसा असुलेका थिए । त्यसकारण विजयकुमार गच्छेदार गृहमन्त्री हुँदादेखि नै बाहुनलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिन लगाएका थिए ।
    काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाको ठेक्कामा पहिला लामा समूहको कब्जा भएपछि बाहुनले दुःख दिन थालेपछि उनी हैरान भएका थिए ।
    पछिल्ला समय उनी रेस्टुरेन्ट चलाउन बसेका छन् । बाहुन जेल गएपछि काभ्रे, रामेछाप, सिन्धुपाल्चोक क्षेत्रका आफू निकट ठेकेदारलाई ठेक्का दिलाएर कमिसन खाने काममा उनी लागिसकेका छन् ।
    त्यस्तै चरीको इन्काउन्टरपछि कांग्रेस नेताहरुको संरक्षणमा गुण्डागर्दी गर्दे आएका कुमार घैंटेको पनि फुर्ती बढेको छ ।
    यता ठूला गुण्डाहरुलाई नै सरकारले हतियार राख्ने सुविधा दिएको खुलेको छ । गणेश लामा, बलराम सापकोटा, महेश सिंहजस्ता व्यक्तिलाई दुई वर्षअघि काठमाडौंका तत्कालीन सीडीओ चुणामणि शर्माले हतियार राख्ने इजाजत दिएका हुन् ।
    डन कुमार घैंटे पनि हतियार राख्ने इजाजत लिएका डन हुन् । हतियारसहितको फोटो खिचेर उनले फेसबुकमा राख्ने गरेका छन् । राम्रो आचरण भएका व्यक्तिलाई मात्र हतियार राख्न दिने प्रावधान भएपनि तत्कालीन गहृमन्त्री विजयकुमार गच्छदारको आदेशमा भ्रष्ट छविका शर्माले डनहरुलाई नै हतियार राख्ने सुविधा दिएका हुन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र