• Breaking News

    9.26.2014

    यो राशि हुनेका धेरै प्रेमी प्रेमिकाहरु हुने

    आश्विन ११ गते ,
    ज्योतिष शास्त्रका अनुसार मिथुन राशीका ब्यक्तिहरुका धेरै प्रेमी प्रेमीका हुन्छन् । जसको नामको पहिलो अक्षर का, की, कु, घ, ड, छ, के, को, हा हुन्छ उनीहरु मिथुन राशिका हुन्छन् ।

    ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका ब्यक्तिहरुको जीवनमा एक मात्र नभएर धेरै जनासँग प्रेम प्रसंग हुने सम्भावना हुन्छ । यो राशिको स्वामी बुध हो । यो राशि पश्चिम दिशाको प्रतिक मानिन्छ ।

    यो राशिका ब्यक्ति एक ठाउँमा स्थिर भएर रहन सक्दैनन् । यिनीहरुको मन अस्थिर हुन्छ । यिनीहरुको सम्बन्ध पनि त्यस्तै अस्थिर हुन्छ । यसै कारण यिनीहरुले जीवनमा अधिकाँश समय मानसिक तनावबाट पनि गुज्रिन्छन् ।

    यिनीहरुका लागि तुला, धनु, कुम्भ, सिंह व मेष राशिका ब्यक्ति जीवनसाथी राम्रो मानिन्छ । मिथुन राशि युवा दम्पतिको पनि प्रतिक हो । यिनीहरुको स्वभाव पनि यस्तै हुनेछ । यिनीहरु शौखिन हुन्छन तर बैबाहिक जीवन भने त्यति राम्रो हुँदैन । यिनीहरुलाई सवारी साधनबारे चासो हुन्छ र जानकारी पनि ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र