महान पर्व बडा दसैंको अवसरमा नेपाल राष्ट्रबैकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको छ ।
राष्ट बैंको मुद्रा ब्यवस्थापन विभाग थापाथली र बैंकका विभिन्न सातवटा जिल्ला शाखावाट नयाँ नोट वितरण शुरु भएको हो । यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरु सर्वसाधारणका लागि वितराण गर्न लागिएको राष्टबैंकले जानकारी दिएको छ । बैंकले प्रतिव्यक्ति रु ५, १० र २० का दुई÷दुई प्याकेट र रु ५० र १०० दरका एक÷एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराउने छ ।
बैंकले तोकेको विभाग र कार्यालयवाट सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साटने ब्यवस्था मिलाइएको छ । दसैंमा दक्षिण र पुजाका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन अनुसार राष्ट्रबैंकले हरेक बर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आएको छ । अन्य बैंक तथा वित्तिय संस्थाका लागि भने केही दिनपछि मात्र नोट वितरण गरिने राष्ट बैंकले जानकारी दिएको छ ।
बैंकले फुलपातीको दिनसम्म करिव ४५ अर्वसम्म नयाँ नोट वितरणको तयारी गरेको छ । दसैंका दक्षिणा र पुजाका लागि नयाँ नोट प्रयोग गर्ने चलन अनुसार राष्ट बैंकले हरेक बर्ष नयाँ नोट उपलब्ध गराउदै आएको छ ।
No comments:
Post a Comment