विराटनगर, भदौ १० – नाबालिकालाई बलात्कार गरेको आरोपमा मोरङको पथरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका १४ कि एक ४ वर्षकी नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १९ वर्षका विन्देश्वर सार्कीलाई प्रहरीले पक्रेको हो । सोमबार साँझ ललाईफकाई जबरजस्ती करणी गरेको भनी बालिकाले आफ्नी आमालाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।
बालिकाको स्थानीय मंगलवारे अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले जानकारी दिनुभयो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment