१० भदौ, काठमाडौं । आगामी २५ भदौबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको छलफलले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
घटस्थापनाको १५ दिनअघिबाट बसको टिकट बुकिङ खुल्ला गर्ने सहमति गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी केशव अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ । घटस्थापना असोज ९ गते छ ।
टिकट बुकिङ सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न १२ ठाउँमा हेल्प डेक्स राख्ने डीआईजी अधिकारीले बताए । त्यस्तै एक उच्चस्तरीय अनुगमन टोली पनि खटाइने सहमति भएको छ ।
ट्राफिक प्रहरीले क्षमताअनुसार मात्र यात्रु चढाउन निर्देशन दिएको छ । त्यस्तै एक बसमा दुई चालक अनिवार्य राख्न पनि ट्राफिक प्रहरीले व्यवसायीलाई निर्देशन दिएको छ । यातायात व्यवसायीले दसैंका लागि करिब तीन हजार नयाँ बस थप्ने बताएका छन् । दसैं मनाउन उपत्यकामा बस्ने झन्डै २० लाख मानिस आफ्नो पुख्यौली थलो जाने अनुमान गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment