• Breaking News

    8.14.2014

    खनाललाई लन्डन उपचार गर्ने खर्च सरकारले दिने

    ३० साउन, काठमाडौं ।

    राजनीतिक दलका नेताहरुको उपचारखर्च सरकारले बेहोर्नेै निर्णय विवादास्पद बनिरहेका बेला मन्त्रिपरिषद्ले एमाले निवर्तमान अध्यक्ष भलनाथ खनाल लाई   लन्डनमा उपचार गर्न लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको छ ।

    एक मन्त्रीका अनुसार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रस्तावमा उक्त निर्णय भएको हो ।

    गृहमन्त्री गौतमले खनाललाई भिटामिन डीन डिफिसेन्सी को रोग लागेको भन्दै लन्डनमा उपचार गर्ने खर्च बेहोर्ने एक पृष्ठको विवरणसहितको प्रस्ताव पेस गरेपछि केही मन्त्रीले मेडिकल काउन्सिलको सिफारिस ल्याएरमात्र गर्नुपर्ने धारण राखेका थिए ।

    गौतमले ती सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गनृ अनुरोध गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र