• Breaking News

    8.14.2014

    पाँच बर्षमा पाँचवटा बिबाह गरेर फरार

    ३० साउन, जनकपुर
    पाँच वर्षको अवधिमा ५ वटा विवाह गरेर पत्नी ठग्दै आएका जनकपुरका एक युवकको खोजीमा प्रहरी लागेको छ ।

    पुल्चोक निवासी २३ वर्षीय मनोजकुमार पुर्वेले पाँच वर्षको अन्तरालमा पाँचवटा बिहे गरेर सैलाई छाडेपछि उनलाई पक्राउ गरी न्याय दिलाउन तेस्रो पत्नी पूजा साह र चौथी पत्नी इन्दुले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी हालेका छन् ।

    प्रहरीका अनुसार पाँच बर्ष पहिले जनकपुरको मिल्स एरियामा बस्ने १८ वर्षीया रिना साहसँग मागी विवाह गरेका पुर्वेले एक वर्षभित्रै सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनले काठमाडोंमा पहाडी समुदायकी महिलासँग दोस्रो प्रेम विवाह गरे । दोस्रो श्रीमतिलाई एक वर्ष राखेर २ लाख तिरी छोडपत्र गरेका थिए ।

    त्यसपछि उनले पूजासँग मागीविवाह गरेका थिए । पुर्वेले गत माघमा भारत दरभंगा जिल्ला भेरवाकी इन्दुसँग  विवाह गरे  ।  त्यसपछि पुर्वेले गत जेठमा दुई छोराछोरीकी आमा राधा साहलाई फसाएर मागेपछि पूजा र इन्दुले प्रहरी समक्ष उजुरी दिएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र