• Breaking News

    8.15.2014

    अफ्रिकी नागरिकलाई नेपाल आउनै नदिइने, पाकिस्तानी र अफगानिस्तानीलाई पनि रोक

    ३१ साउन, काठमाडौं । अफ्रीकी मुलुकमा फैलिएको इबोला भाइरस नेपाल भित्रन नदिन सरकारले ती देशका नागरिकलाई नेपाल यात्रामा रोग लगाउने भएको छ ।
    सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउने अफि्रकीलाई भिसा नदिने निर्णय गरेको अन्नपुर्ण पोस्टमा खबर छ । त्यसैगरी पाकिस्तान र अफगानिस्तानबाट आउने पर्यटकका लागि केही समयका लागि भिसा स्थगित गरिएको छ ।
    व्यवस्थापिका संसदको शुक्रबारको बैठकको विशेष समयमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले यो जानकारी दिएका हुन् विश्व स्वास्थ्य संगठनले इबोला भाइरस विश्वभर फैलने खतरा औल्याएको आधारमा नेपालले अफ्रिकी राष्ट्रबाट आउने पर्यटकका लागि भिसा निषेध गर्नुपरेको मन्त्री अधिकारीले बताए ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र