• Breaking News

    8.03.2014

    सिन्धुपाल्चोकमा थप ७ जनाको शव निकालियो, मर्नेको संख्या १७ पुग्यो

    काठमाडौँ, १९ साउन । सिन्धुपाल्चोकको माङ्खा र राम्चेमा गएको पहिरोमा मर्नेको संख्या १७ पुगेको छ ।
    सोमबार बिहान इस्काभेटरले खन्दा थप ७ जनाको शव भेटिएको सिन्धुपाल्चोकका एमाले नेता अरुण नेपालले जानकारी दिनुभयो । यसअघि १० जनाको शव भेटिएको थियो ।
    बेपत्ताको संख्या डेढ सय भन्दा बढी भएकाले मर्नेको संख्या अझै बढ्न सक्ने उहाँले जानकारी दिनुभयो ।
    पहिरोले दर्जनौं घर बगाउनुका साथै एउटा विद्यालय समेत पूर्णरूपमा पुरिएको छ । साउन १७ गते गएको पहिरोले माङ्खा गाविसको वनसाँखु माध्यमिक विद्यालय बगाएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताउनुभयो ।
    उहाँले विद्यालयमा भएको क्षति र राहतलगायतका विकल्पबारे सुझाव पेस गर्न सहायक जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल गठन गर्ने तयारी भइरहेको बताउनुभयो । गत वर्षको प्रवेशिका परीक्षाका नतिजामा शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको सो सामुदायिक विद्यालयमा कुल १३५ विद्यार्थी अध्ययनरत् थिए ।
    यसैबीच पहिरोले गाउँ बगाएको र सुनकोसी नदी थुनेका कारण यही साउन २० गतेदेखि सञ्चालन हुने प्रवेशिका पूरक परीक्षाका लागि थप एक परीक्षा केन्द्र तय गरिएको छ ।
    शिक्षा अधिकारी गौतमले सुरुका जिल्लाको तीनवटा निर्वाचन क्षेत्रका लागि कुल तीनवटा परीक्षा केन्द्र निर्धारण गरिएकामा पहिलो गएको क्षेत्र नं १ मा अब दुईवटा केन्द्र हुने जानकारी दिनुभयो । शारदा उमावि, बाह्रविसेमा कायम गरिएकामा पहिरोले सडक अवरुद्ध भएकाले महेन्द्रोदय उमावि र ठुम्पाखर्कमा थप केन्द्र तय गरिएको बताउनुभयो । पहिरोमा केही विद्यार्थी बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।
    उहाँले शिक्षा मन्त्रालयका सचिव र परीक्षा नियन्त्रकसँग सहमति लिएर थप केन्द्र कायम गरिएको बताउनुभयो । पूरक परीक्षामा सामेल हुन जिल्लामा कुल १ हजार ८०० विद्यार्थीले विद्यार्थीले आवेदन दिएका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र