• Breaking News

    8.03.2014

    गुण्डा नाइके मनाङ्गेका ६ सहयोगी पक्राउ

     सुनसरी, साउन १९ – बिराटनगरस्थित भन्सार कार्यालयले सोमबार खुलाउने टेण्डर प्रकृया बिथोल्न खोज्ने नेपालका चर्चित डन दिपक मनाङ्गेका ६ जना सहयोगीहरुलाई आइतबार राती सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाण्डौं स्वयम्भुका ३६ वर्षीय मनबहादु लामा , मनमैजु ९ का ३५ वर्षीय हरिराज गिरी , काठमाण्डौं बालाजुका ३४ वर्षीय राजकुमार लामा, नौबिसे ८ का ३४ वर्षीय राजेश बानियाँ, बुटवल परासी चौहरवा ६ का २७ वर्षीय प्रकाश क्षेत्री र मकवानपुर भिमफेदी १ का ३४ वर्षीय बिक्रम लामा रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद कुमार शर्माले बताए ।
    मोरङ्गको बिराटनगरस्थित भन्सार कार्यालयले सोमबार खुलाउने टेण्डर प्रकृयामा केही व्यापारी अपहरण तथा टेण्डर प्रकृया बिथोल्ने योजना बनाउँदै गर्दा उनीहरुलाई इटहरीको पशुपती होटलबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए ।
    पक्राउ ६ जनाले आफुहर दिपक मनाङ्गेको पूर्व क्षेत्रका सहयोगी रहेको वयान दिएको प्रहरीले बताएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र